चीनमा ब्राजिलबाट आयात गरिएको कुखुराको मासुमा कोरोना संक्रमण

एजेन्सी

बेइजिङ

चीनले ब्राजिलबाट आयात गरिएको ‘फ्रोजन चिकन’ मा कोरोना भाइरस फेला परेको दावी गरेको छ। पछिल्लो साता इक्वाडोरमा समुन्द्री माछामा पनि संक्रमण भेटिएको थियो। 

चीनले गत जुनमा ब्राजिललगायत अन्य देशबाट आउने मासुको सामानमा रोक लगाएको थियो। तर, केही समयपछि खुला गरेको थियो। 

सेन्जेनको स्थानीय रोग नियन्त्रण सेन्टर (सीडीसी) को नियमित जाँचमा ब्राजिलबाट आयात गरिएको कुखुराको मासुको नमुना लिइएको थियो। जाँचमा रिपोर्ट पोजिटिभ फेला परेको थियो। 

बिहीबार सीडीसीका अधिकारीले ब्राजिलको कुखुराको मासुको नमुनासहित अन्य सामान पनि परीक्षणका लागि पठाइएको तर कुखुरामा मात्र कोरोना पोजिटिभ फेला परेको बताए। यस विषयमा ब्राजिलले कुनै प्रतिक्रिया जनाएको छैन। 

सीडीसीले दोस्रो देशबाट आयात गरिएको खाध्यान्नमा विशेष सावधानी अपनाउन नागरिकलाई आग्रह गरेको छ। जुनमा चीनको राजधानी बेइजि«मा समुन्द्री मासुमा संक्रमण भएको रिपोर्ट आएको थियो। यसपछि सरकारले नमुना परीक्षण गरेको थियो। 

चीनको उहान शहरबाट गत डिसेम्बरमा फैलिएको कोरोनाका कारण विश्वमा दुई करोडभन्दा बढी मानिस संक्रमित भइसकेका छन् भने ७ लाख बढी मानिसको निधन भइसकेको छ।

प्रकाशित मिति: : 2020-08-13 15:55:18

प्रतिकृया दिनुहोस्