माइक्रोसफ्टले ४ वर्षपछि मोबाइल सार्वजनिक गर्दै, मूल्य नै डेढ लाखभन्दा बढी

एजेन्सी

न्युयोर्क

माइक्रोसफ्ट कम्पनीले ४ वर्षपछि मोबाइल फोन सार्वजनिक गर्ने भएको छ। माइक्रोसफ्टको पहिलो ‘डुअल फोल्डेबल स्क्रिन’ को एक लाख ६० हजार रुपैयाँ पर्नेछ। 

माइक्रोसफ्टले गत वर्ष अक्टुबरमा आफ्नो हार्डवेयर कन्फ्रेन्समा प्रस्तुत गरेको थियो। त्यतिबेला ‘डुअल स्क्रिनको ट्याबलेट नियो, सरफेस ल्यापटम ३, सरफेस प्रो ७ र सरफेस प्रो एक्स सार्वजनिक गरेको थियो। यी सबै डिभाइसको स्क्रिन ३६० डिग्रीसम्म घुमाउन मिल्छ। 

कम्पनीले एउटा ब्लग पोस्टमा भनिएको छ, ‘सरफेस डुओको सुरुको रकम १ हजार ३ हजार ९९ डलर पर्नेछ।’ कम्पनिले यसको पहिलो विक्रि अमेरिकामा गर्नेछ। 

माइक्रोसफ्टले स्मार्टफोन पहिलो पल्ट २०१४ मा निकालेको थियो। पहिले लुमिया ५ सय ३५ फोन विन्डोज अपरेटिङ सिस्टममा बनाएको थियो। 

यसपछि कम्पनीले ११ लुमिया स्मार्टफोन लञ्च गरेको थियो। अन्तिम पल्ट सन् २०१६ मा लुमिया ६५० निकालेको थियो।

प्रकाशित मिति: : 2020-08-13 17:52:50

प्रतिकृया दिनुहोस्