हिमेशले पाए रु.२५ लाखसहित डाटसन रेडिगो

रियालिटी शो ‘कमेडी च्याम्पियन’ का विजेता हिमेश पन्तले रु.२५ लाख र गाडी पाएका छन्।

पहिलो सिजनको विजेता पन्तले कार्यक्रममा घोषणा अनुरुपको पुरस्कार राशि र डाटसन रेडिगो गाडी प्राप्त गरेका हुन्।

आगामी सोमबार औपचारिक कार्यक्रम गरी पुरस्कार दिने तयारी भए पनि सरकारले जमघटमा रोक लगाएपछि टेलिभिजन कार्यक्रम कल कान्तिपुर मार्फत पुरस्कार दिएको कमेडी च्याम्पियनका निर्देशक विशाल भण्डारीले बताए।

कार्यक्रम गत चैतमा सम्पन्न भएको थियो। दोस्रो सिजनको लागि आगामी १५ भदौदेखि डिजिटल अडिसन लिने तयारी रहेको निर्देशक भण्डारीले बताए।

रुचि हुनेले कमेडी च्याम्पियनको एप मार्फत बढीमा पाँच मिनेटको भिडियो अपलोड गर्न सक्नेछ।

इच्छुक व्यक्तिले आफ्ना उत्कृष्ट तीन वटासम्म भिडियो अपलोड गर्न पाउने सुविधा रहेको छ। डिजिटल अडिसन पश्चात् अवस्था अनुकूल थप अडिसन लिने निर्देशक भण्डारीले बताए। 

प्रकाशित मिति: : 2020-08-13 19:18:29

प्रतिकृया दिनुहोस्