सीमित ट्राभल एजेन्सीको प्रभावमा चार्टर्ड उडान, नियमित उडान किन खुला नगर्ने ?

क्यापिटल

काठमाडौँ

सुवास याेञ्जन 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको तथ्यांक अनुसार, लकडाउनकै बीचमा ५७२ वटा अन्तर्राष्ट्रिय उडान भयो । त्यो अवधिमा ४७ हजार यात्रु नेपाल भित्रिए भने १५ हजार ६ सय बाहिरिएको अध्यागमन विभागको तथ्यांक छ । त्यति मात्र हैन, लकडाउन अवधिमैै आन्तरिक तर्फ ७ हजार ६९ वटा उडान भयो भने ९ हजार ३६ जनाले सो अवधिमा विभिन्न गन्तव्यमा यात्रा गरे । आन्तरिक र अन्तर्राष्ट्रिय उडान बन्द गर्दागर्दै पनि विभिन्न माध्यम प्रयोग गरी ठूलो संख्यामा नेपालीहरु स्वदेश फर्किएका छन् भने त्यहि आधारमा विदेश पनि गएका छन् ।

आन्तरिकतर्फ पनि ठूलै संख्यामा आवतजावत भएको देखिन्छ । सरकारले कोरोना भाइरस (कोभिड–१९)को संक्रमण बढ्न नदिन भन्दै २०७६ चैत ९ गतेबाट अन्तर्राष्ट्रिय र १३ गतेबाट आन्तरिक उडानमा रोक लगाएको थियो ।

तर, एक्कासी गरिएको लकडाउनका कारण हजारौं विदेशीहरु नेपालमा रोकिएका थिए भने विदेशबाट नेपाल आउन चाहनेको संख्यापनि लाखौंको थियो । विदेशबाट नेपाल फर्कन चाहनेहरुमा बढी मात्रामा कोभिडको कारण रोजगारी गुमाएकाहरु थिए भने केही विदेशमा घुम्न गएकाहरु पनि समावेश थिए ।

विदेशी नागरिकहरुलाई सम्बन्धित मुलुकको राजदूतावासहरुको समन्वयमा चार्टर्ड उडान मार्फत आफ्नो देशमा फर्काइयो । तीमध्ये केहि विदेशी अहिलेपनि नेपालमा बसिरहेका छन् । जो, आफ्नो देशभन्दा नेपालमै सुरक्षित छ भन्ने महसुस गरी यहाँ बस्दै आएका हुन् ।

प्रकाशित मिति: : 2020-08-14 17:56:42

प्रतिकृया दिनुहोस्