मेक्सिकोमा कोरोनाबाट मर्नेको संख्या ५६ हजार नाघ्यो, एक महिना शोक सभा

छिमेकी मेक्सिकोमा कोरोना संक्रमितको संख्या बढेपछि राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले ३० दिनका लागि शोक सभाको घोषणा गरेका छन्। उनले ११ सेप्टेम्बरसम्म देशको झण्डा आधा झुकाउन आदेश दिएका छन्। 

यस्तै, दिनहुँ केही समयका लागि मौन धारण गर्न पनि आफ्ना जनतालाई आवहान गरेका छन्। उनले भनेका छन्, ‘सरकार कोरोना महामारीबाट प्रभावित जनता तथा पिडित परिवारप्रति संवेदना जाहेर गर्दछ।’ उनले अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई विशेष धन्यबाद दिए। 

मेक्सिकोमा ५ लाख १७ हजारभन्दा बढी कोरोना संक्रमित फेला परेका छन्। यसमा ५६ हजार ५ सय ४३ जनाको निधन भइसकेको छ। अमेरिका र ब्राजिलपछि मेक्सिकोमा मर्नेको संख्या अत्याधिक छ।

प्रकाशित मिति: : 2020-08-16 07:43:29

प्रतिकृया दिनुहोस्