फ्रान्समा कोरोना संक्रमण पुनः फैलियो, बेलायतमा फ्रान्सबाट आउने यात्रुलाई अनिवार्य क्वारेन्टाइन

फ्रान्समा तीव्र गतिमा पुनः कारोना संक्रमण फैलिन थालेको छ। लगातार चौथो दिन शनिबारसम्म ४ हजार मानिसमा कोरोना संक्रमण देखिएपछि फ्रान्स सरकार थप सतर्क बनेको छ। 

फ्रान्समा बढ्दो संक्रमणको घटना देखेर बेलायतले फ्रान्सबाट आउने व्यक्तिलाई १४ दिन अनिवार्य क्वारेन्टाइनमा राख्न आदेश दिएको छ। 

गत महिना नियन्त्रणमा आएको भनिएको कोरोना संक्रमणको घटना पुनः दोहरिएपछि फ्रान्सको स्वास्थ्य मन्त्रालयको म्याराथन बैठक बसिरहेको छ। 

फ्रान्सले यसअघि नै सार्वजनिक स्थलमा मास्क अनिवार्य गरेको थियो। फ्रान्समा हालसम्म २ लाख ५१ हजारभन्दा बढी संक्रमित भएका छन्। जसमा ३० हजार ४ सय ९ जनाको निधन भएको छ।

प्रकाशित मिति: : 2020-08-16 07:53:17

प्रतिकृया दिनुहोस्