भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन

एजेन्सी

मुम्बई

भारतीय शास्त्रीय गायक पण्डित जसराजको निधन भएको छ। हृदयघातका कारण ९० वर्षको उमेरमा जसराजको अमेरिकाको न्यू जर्सीमा निधन भएको एनडिटिभीले उल्लेख गरेको छ।

जसराजको निधनमा भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी लगायत नेता तथा कलाकारहरुले समवेदना प्रकट गरेका छन्।

सन् १९३० मा भारतको हरयाणामा जन्मिएका जसराजले ८ दशक संगीत क्षेत्रमा बिताए। उनले स्टेजमा प्रस्तुत गरेका गीतहरुलाई पछि एल्मबमा समेत रुपान्तरण गरिएको थियो।

अमेरिकाका साथै अन्य देशहरुमा समेत संगीतको प्रशिक्षण दिएका जसराजलाई सन् १९७५मा पद्म श्रीबाट सम्मानित गरिएको थियो। यस्तै सन् १९९९ मा पद्म भूषणबाट सम्मानित उनलाई सन् २००० मा पद्म विभूषणबाट सम्मानित गरिएको थियो।

प्रकाशित मिति: : 2020-08-17 23:25:21

प्रतिकृया दिनुहोस्