नेपाली झण्डा जलाइएको आपत्तिजनक म्युजिक भिडियो युट्युवमा !

नेपालको राष्ट्रियता एवंं जातीय सद्भावविरुद्ध घृणा फैलाउने गरी आपत्तिजनक शब्दहरुले भरिएको एउटा गीत युट्युवमा आएलगत्तै आलोचित बनेको छ। 

‘देशद्रोही’ शीर्षकको उक्त गीत ‘मंगोल हप अफिसियल’ नामक च्यानलबाट सोमबार अपलोड भएको हो।  

गीतमा 

हे हे बिस्तारवादीको बिस्तारामा सुत्ने !
नेपाली सर्वभौंम  स्वाभिमान ! र स्वाधिनतालाइ लुटने !
पालैपालो सत्ता लुछि देश बेच्ने!
ढालजस्तो ढाकाटोपि!
ब्राजस्तो हिन्दु झन्डा बोकी!
आयातित बिक्रम सम्बत!
राजस्थानको दाउरा सुरुवाल!
खस भाषा खस लिपि लाद्ने !
शरणार्थी बाहुनछेत्री 
पनि तै हो?

जस्ता शव्द प्रयाेग गरिएकाे छ।

यस्तै,
हेहे! होहो शरणार्थी बाहुनछेत्री हो!
हे हे हासी हासी मुलबासिलाइ मासी!
बनाएर आदिवासी जनजाती  !
दलित ,शुद्र ,मतवाली! 

आदि शव्दकाे पनि प्रयाेग गरिएकाे छ। 

र्‍याप जनरामा गाइएको गीतको लिरिक्स र्‍यापरका रुपमा ‘मंगोल ग्याल्ज ली एन्ड एटीएम’ उल्लेख छ।

मकवानपुर जिल्लाको बाग्मती गाउँपालिकास्थित श्री विष्णु आधारभूत विद्यालयको प्रांगणमा सुटिङ गरिएको म्युजिक भिडियोमा नेपालको झण्डा जलाइएको दृश्य समावेश गरिएको छ। 

यसका साथै भिडियोमा प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सुशील कोइराला, माधवकुमार नेपाल, पूर्वराजा ज्ञानेन्द्र शाह लगायतको तस्वीर पनि जलाइएको छ।

युट्युवमा हालेलगत्तै यसमा तीव्र प्रतिक्रिया आउन थालेका थिए।

यो समाचार तयार पादासम्म एक लाख भन्दा बढी पटक हेरिएको भिडियोमा ४५ हजार भन्दाबढी डिसलाइक आएको छ भने मात्रै ९ सयभन्दा बढीले लाइक गरेका छन् । 

अहिले सामाजिक सञ्जालमा पनि यो विषय भाइरल भएको छ।

सबैले यस गीतमाथि तत्काल एक्सन लिन प्रहरीलाई आग्रह गरेका छन्।

 

प्रकाशित मिति: : 2020-08-18 13:16:51

प्रतिकृया दिनुहोस्