उपचार नपाएको भन्दै ब्राजिलका आदिवासी सडकमा

ब्राजिलमा आदिवासीद्धारा सडक अवरुद्ध पारिएको छ।

ब्राजिलको पुरानो आदिवासी समूह कायापोले कोरोना भाइरसविरूद्धको अभियानमा राज्यले आफूलाई उपेंक्षा गरेको भन्दै पश्चिम ब्राजिल प्रवेश गर्ने मुख्य बाटो बन्द गरेका हुन्। 

उनीहरूले महामारीबाट आफ्ना थुप्रै अग्रजहरूको निधन भएको बताएका छन्। सरकारले परीक्षणलगायत औषधि उपचारमा खासै चासो नदेखाएको भन्दै यो समूह बाटोमा उत्रिएको हो। 

सडक अवरुद्ध गर्दा उनीहरूले लडाकुले लगाउने लुगा लगाएका थिए भने शरीरमा पेन्ट पनि गरेका थिए। 

प्रदर्शनकारीले खाधान्न बोकको ट्रकलाई बाटोमा रोक्नुका साथै सरकारसँग तुरुन्त उपचारको व्यवस्था मिलाउन आग्रह गरेका थिए।

 यो सडकले अमाजोन जंगललाई जोड्ने गर्दछ। खाधान्न बढी हुने यो ठाउँबाट सोया र मकैं निर्याता हुने गरेको छ।

प्रकाशित मिति: : 2020-08-19 07:42:59

प्रतिकृया दिनुहोस्