राष्ट्रिय झण्डा जलाउने ९ जना पक्राउ

नेपाली झण्डा जलाएको आरोपमा महानगरीय अपराध महाशाखाले ९ जनालाई पक्राउ गरेको छ ।

देशद्रोही बोलको गीतमा नेपालको राष्ट्रिय झण्डा जलाएको भिडियो मंगोलीयन होप नामक युट्युब च्यानलमा अपलोड भएपछि प्रहरीले उनीहरूको खोजी गरिरहेको थियो ।

मंगोल ग्याल्जीले गाएको गीत जाति विशेषलाई गालीगलौज र अपशब्द समेत प्रयोग गरिएको छ ।

उक्त गीतको चौतर्फी विरोध भएपछि संलग्नलाई प्रहरीले खोजिरहेको थियो ।

पक्राउ परेका गायक बाहेक अरुहरूको पहिचान खुलाइएको छैन । उनीहरूलाई कारवाहीका लागि प्रक्रिया अघि बढेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: : 2020-08-19 12:36:38

प्रतिकृया दिनुहोस्