नायिका पूजा र संचारकर्मी प्रकाशबीचकाे विवाद टुंगियाे

नायिका पूजा शर्मा र संचारकर्मी प्रकाश सुवेदीबीच केही समयदेखि चलिरहेको विवाद टुंगिएको छ। 

संचारकर्मी प्रकाशले आफूले संचालन गर्दै आएको कार्यक्रममार्फत पत्रकारिता आचारसंहिताको उल्लंघन गर्दै आफूलाई अपशब्द प्रयोग गरेको भन्दै नायिका पूजाले कलाकार संघ लगायत विभिन्न संस्थामा उजुरी दिएकी थिइन्। कार्यक्रमबाट प्रकाशले माफी मागेपनि पूजाले माफी चित्त नबुझेको बताएकी थिइन्।

तर चलचित्र कलाकार संघ, चलचित्र निर्माता संघका अध्यक्षहरुको रोहबरमा पूजा र प्रकाशबीचकाे विवाद समाधान भएको चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले बताए।

उनका अनुसार दुईपक्षविच भएको सहमतीमा प्रकाशले सञ्चालन गर्दै आएको कार्यक्रमका सम्बन्धमा विगतमा भएका असहमती, उजुरी लगायतलाई अन्त्य गर्ने सहमती भएको छ।

साथै, अब प्रकाशले सञ्चालन गर्दै आएको कार्यक्रममा पेशागत मर्यादामा रहेर प्रचलित कानुन र पेशागत आचारसंहिताको परिपालनातर्फ् सजग रही भविष्यमा आपसी सद्भाव विग्रन नदिने प्रवृत्तीमा दुबैपक्ष संवेदनशिल र सचेत रहन आग्रह गरिएकाे अध्यक्ष खड्काले बताए।

उनले अब आगामी दिनमा कार्यक्रममा नेपाली चलचित्र र कलाकारलाई होच्याउने खालका शब्द प्रयोग हुने छैनन् भन्नेमा आफूहरु आशावादी रहेको पनि सुनाए।

प्रकाशित मिति: : 2020-08-20 12:55:19

प्रतिकृया दिनुहोस्