दुई अस्ट्रेलियाली महिला क्रिकेटहरुले गरे एकआपसमा विवाह

दुई अस्ट्रेलियाली महिला क्रिकेटहरुले एकआपसमा विवाह गरेका छन्। क्रिकेटर डेलिसा केमिन्स र लौरा ह्यारिसले एकअर्का संग विवाह गरेका हुन्।

केमिन्सले यस वर्षको सुरुवातमा टि–२० विश्वकप खेलेकी थिईन्।

डेलीसा र लौरा विगत चार बर्षदेखि एक अर्कासँग सम्बन्धमा थिए। दुबैले विवाह गरेर उनीहरूको सम्बन्धलाई समलैंगिक सम्बन्धको नाम दिएका छन्।

केमिन्सले इन्स्टाग्राममा फोटो सार्वजनिक गर्दे लेखिन, ‘हाम्रो विवाहको दिनलाई जीवनको सर्वश्रेष्ठ दिन बनाउनुभएकोमा सबैलाई धन्यवाद। हामीलाई सहयोग गरेकोमा ब्राइड्म्यान र ब्राइड्सम्याडलाई धन्यवाद। यो विशेष दिनको हिस्सा हुने सबै मित्र र आफन्तलाई हामी हार्दिक धन्यवाद दिन्छौं।’

डेलिसा केमिन्सले अष्ट्रेलियाको राष्ट्रिय टोलीका लागि ४१ टी–२० र १६ एकदिवसीय खेल खेलेकी छिन्। अष्ट्रेलियाको टिममा केमिन्स मध्यम गतिका बलरको रुपमा परिचित रहेकी छिन्। यस वर्षको सुरुवातमा भएको टि–२० विश्वकपको फाइनलमा उनी भारत विरुद्ध काङगारु टोलीको सदस्य थिइन्। उनका साथी, लौरा ह्यारिस लिग क्रिकेटको सदस्य रहेकी छिन । उनी अझै राष्ट्रिय टिमको हिस्सा बन्न सकेकी छैनन्।

प्रकाशित मिति: : 2020-08-21 00:13:42

प्रतिकृया दिनुहोस्