कोरोना भाइरस पर्यावरणः कोभिड महामारी फैलिएको बेला अस्पतालबाट निस्किने फोहोर कसरी व्यवस्थापन गर्ने

क्लेअर टेभेस (नाम परिवर्तन) शल्यचिकित्साको विद्वद्‌वृत्तिमा छ महिनाका लागि फिलिपिन्सबाट सिङ्गापुर गइन्। उनलाई त्यहाँ घुलमिल हुन केही समय लाग्छ भन्ने थाहा थियो।

उनी एउटा विपन्न समाजको अस्पतालबाट एउटा धनी र सुविधासम्पन्न अस्पतालमा काम गर्न आएकी थिइन्।

विश्वस्तरीय सुविधायुक्त स्थानमा आएर उनी विविध चुनौती सामना गर्दै आफ्नो ज्ञान विस्तार गर्न चाहन्थिन्।

तर उनले एकदमै भिन्न "सांस्कृतिक झट्का" खेप्नुपर्‍यो। अस्पतालहरूले कसरी प्लास्टिक प्रयोग गर्छन् भन्ने उनका लागि अत्यन्त नौलो कुरो थियो।

शल्यक्रिया गर्दा प्रयोग गरिने प्लास्टिक रिट्र्याक्टरजस्तो उपकरण एउटा बिरामीमा एक पटक मात्रै प्रयोग गरिन्थ्यो र काम सकिएपछि मिल्काइन्थ्यो। तर फिलिपिन्समा त्यस्तो उपकरण निर्मलीकरण गरेर नबिग्रिँदासम्म प्रयोग हुन्थ्यो।

जीवनरक्षार्थ प्रयोग हुने सामग्रीहरू त्यसरी फालिएको देखेर टेभेसले केही गर्ने निधो गरिन्।

प्रकाशित मिति: : 2020-08-21 15:34:39

प्रतिकृया दिनुहोस्