इतिहासमा पहिलो पटक जब तीजमा पशुपति बन्द रह्यो....

बुधबार रातिदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा जारी गरिएसँगै राजधानी ठप्प छ। यसअघिका हरेक तीजमा बिहानैदेखि पशुपतिमा बर्तालु लाखौँ महिलाको भीड हुन्थ्यो। भीड व्यवस्थापन गर्न हजारौँ सुरक्षाकर्मी र स्वयंसेवक पनि खटिएका हुन्थे।

प्रत्येक वर्ष भाद्र शुक्ल तृतीयाका दिन बिहान पशुपति क्षेत्रमा लाखौँ बर्तालु महिला देवादिदेव महादेवको पूजा आराधना गर्न पुग्थे। यस वर्ष कोरोनाको महामारीका कारण पशुपतिनाथ मन्दिर क्षेत्र सुनसान छ।

उपत्यकालगायत देशभरका मुख्य शिवालयमा पनि नित्य पूजा बाहेक सबै गतिविधि बन्द गरिएको छ।

पशुपतिनाथको मुल मन्दिर चैतदेखि नै बन्द छ।  परिसरमा पनि निषेधाज्ञाका कारण भक्तजन आएका छैनन्।

पशुपति क्षेत्रमा तीजको मेला लाग्दा तिलगङ्गाबाट चावहिलसम्मको चक्रपथको मूल सडकसमेत प्रभावित हुने गरेको थियो।

साँझ हुने आरतिमा हजारौ भक्तजनको घुँईचो हुन्थ्यो यसपटक विधि मात्र गरियो। संग्लिएको बागमति किनारमा केही मलामीबाहेक अन्यको प्रवेश थिएन।

हेर्नुहोस् तस्बिरमा

प्रकाशित मिति: : 2020-08-21 22:09:23

प्रतिकृया दिनुहोस्