यशराजको फिल्ममा सुपरहिरो बन्दै अजय देवगन

एजेन्सी

मुम्बई

भारतीय कलाकार अजय देवगन र निर्माता आदित्य चोपडाले एकसाथ काम गर्ने भएका छन् । अजय र आदित्यले लामो समयको दुष्मनी बिर्सेर एकसाथ फिल्ममा सहकार्य गर्न लागेका हुन् ।

यशराज ब्यानर पचास वर्ष पुगेको खुशीयालीमा एक फिल्मको घोषणा हुने भारतीय मिडियाले उल्लेख गरेका छन् ।

मिडियाका अनुसार यशराज फिल्मसले घोषणा गर्ने फिल्ममा अजय देवगनको शीर्ष भूमिका रहने छ । फिल्मको निर्देशन शिव रवैलले निर्देशन गर्नेछन्, यो उनको पहिलो फिल्म पनि हो ।

खबरका अनुसार अजय फिल्ममा सुपरहिरोको भूमिकामा रहनेछन् । अजयले आजसम्म कुनै फिल्ममा पनि सुपरहिरोको भूमिका निभाएका छैनन्।

तर, यो खबरलाई आधिकारिक रुपमा भने अझै पुष्टि गरिएको छैन । अजयकोे फिल्म ‘भुज द प्राइड अफ इन्डिया’ रिलिजका क्रममा छ । कोरोना भाइरसका कारण फिल्मको रिलिज मिति अन्यौलमा छ ।

प्रकाशित मिति: : 2020-08-23 17:51:04

प्रतिकृया दिनुहोस्