लेपजिग रंगशालामा कोरोनाविरूद्ध अनौठौं कन्सर्ट

बिएल संवाददाता

लेपजिग(जर्मनी)

जर्मनीमा कोरोना भाइरसविरूद्ध एउटा अनौठो प्रयोग भएको छ। यो प्रयोग संगीतमार्फत गरिएको हो। जर्मनीको लेपजिग रंगशालामा हालै एउटा कन्सर्ट भएको थियो। यसमा १५ सय मानिस सहभागी भएका थिए। 

‘रिस्टार्ट–१९’ नाम दिइएको यो कन्सर्टको उद्देश्यले थियो, कोरोना कसरी भिडमा फैलिन्छ भनेर अनुसन्धान गर्नु। जर्मनी गायक टिम बेन्जको प्रस्तुति रहेको कार्यक्रममा जर्मनीको हेल विश्वविधालयका सोधकर्ताले कन्सर्टमा सहभागी हुने मानिसको तापक्रम जाँच गरेका थिए। 

कन्सर्ट हुनुभन्दा ४८ घण्टाअघि सबै भोलिन्टियर्सको कोरोना परीक्षण पनि गरिएको थियो। कन्सर्टमा सहभागी हुने सबै मानिसको कोरोना नेगेटिभ थियो। 

अध्ययनको नतिजा ४ देखि ६ सातामा प्रकासित हुने बताइएको छ। कन्सर्टमा सहभागी हुने मानिसको घाँटीमा एउटा डिभाईस राखिएको थियो। 

कन्सर्टमा परीक्षण तीन तरिकाले भएको थियो। पहिलो परीक्षणमा सामाजिक दुरी कायम नराखी कन्सर्ट भएको थियो। दोस्रोमा केही मात्रामा सामाजिक दुरीको पालना गरिएको थियो भने तेस्रोमा एकदमै धेरै सामाजिक दुरी कायम गरिएको थियो।

प्रकाशित मिति: : 2020-08-24 07:23:52

प्रतिकृया दिनुहोस्