गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल : समयमै प्राविधिक ल्याउन नसके डिसेम्बरभित्र सक्ने लक्ष्यमा पुनः ‘ब्रेक’ लाग्ने

नेपाल लाइभ

काठमाडौँ

उत्तम काप्री

भैरहवामा निर्माणधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण अन्तिम चरणमा पुगेको छ। विमानस्थल निर्माणमा अहिलेसम्म ९१ प्रतिशतभन्दा बढी काम भइसेकेको छ।  अहिले विमानस्थलमा सजावटको काम सुरु भएको छ। तर, प्राविधिक दक्ष कामदारको अभाव पनि सुरु भएको छ।

विमानस्थल निर्माण तोकिएकै समयमै सम्पन्न गर्न जतिसक्दो  छिटाे दक्ष प्राविधिक  ल्याउनु पर्ने भएको छ। विमानस्थल निर्माणको समय अहिले थप गरेर २०२० को डिसेम्बरसम्म पुर्‍याइएकाे छ।  रन–वेमा जोडिने लाइटिङ प्रविधि, टर्मिनल भवनमा एसी तथा अन्य उपकरण जडानमा दक्ष प्राविधिकको अति नै आवश्यक परेको विमानस्थल आयोजनाका प्रमुख इन्जिनियर प्रवेश अधिकारीले बताए। 

‘विमानस्थलको टर्मिनल भवनलगायत अन्य भवनमा सजावटको काम सुरु भएकाे छ’, अधिकारीले भने, ‘टर्मिनल भवनमा  काउन्टर बनाउने  काम पनि सुरु भएको छ। तर, फल्स सिलिङको काम भने अहिले रोकिएको छ।’ एयर कन्डिसनको काम गर्ने दक्ष प्राविधि नहुँदा काम प्रभावित भएको अधिकारी बताउँछन्।

प्रकाशित मिति: : 2020-08-24 08:18:05

प्रतिकृया दिनुहोस्