युभेन्ट्सबाट बार्सिलोना आएका पियानेचलाई कोरोना संक्रमण

क्याटलान क्लब बार्सिलोनाका मिडफिल्डर मिरालिम पियानेचलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ।

यस सिजनको अन्त्यसँगै बार्सिलोनाले युभेन्ट्सबाट उनलाई अनुबन्ध गरेको थियो। 

३० वर्षीय मिरालिमलाई शनिबार कोरोनाको संक्रमण भएकाे बार्सिलोनाले जनाएकाे हाे।

'स्वास्थ्यमा असहज भएपछि  मिरालिम पियानेचको पीसीआर परीक्षण गरिएकाे थियाे। उनकाे रिपाेर्ट पाेजिटिभ आएकाे छ,' बार्सिलोनाले भनेको छ।

मिरालिमको स्वास्थ्य ठिक भएकाे जनाइएकाे छ। र उनलाई घरमै आइसोलेसनमा राखिकाे छ। 

बोस्निया एण्ड हर्जगोभिनाका मिरालिमलाई बार्सिलोनाले घरेलु मैदानमा सार्वजनिक समेत गरेको छैन।

अब आगामी सेप्टेम्बर ७ भन्दा अगाडी उनी बार्सिलोनाको अभ्यासमा सामेल हुने छैनन्।

सन् २०१६ मा रोमाबाट युभेन्ट्स आएका उनले टुरिनमा ४ सिरी ए र २ कोपा इटालिया जितेका थिए।

प्रकाशित मिति: : 2020-08-24 11:39:26

प्रतिकृया दिनुहोस्