इजरायलद्धारा कोरोना परीक्षणको प्रभावकारी प्रविधि लागु

एजेन्सी

इजरायल

इजरायलका तीन वैज्ञानिकले कोरोना भाइरसको परीक्षणका लागि नयाँ तथा प्रभावकारी विधि पत्ता लगाएका छन्।

उनीहरूले पत्ता लगाएको विधि परम्परागत परीक्षणभन्दा निकै प्रभावकारी देखिएको छ। यसमा समूहमा फैलिएको एउटा व्यक्तिको परीक्षणमार्फत अन्यलाई संक्रमण भएको छ वा छैन पत्ता लगाउन सजिलो हुनेछ। 

यो विधिलाई इजरायलको स्वास्थ्य मन्त्रालयले स्कुल र कलेजमा परीक्षण गर्न स्विकृति प्रदान गरेको छ। 

सरकारले यो विधिलाई अक्टुबरदेखि देशको १२ वटा प्रयोगशालामा लागु गर्ने योजना बनाएको छ। किनभने संक्रमणको दोस्रो प्रभाव संक्रमितमा खतरनाक देखिनसक्ने आशंका व्यक्त गरिएको छ। 

यसलाई इजरायलको ओपन विश्वविधालयका डा. नाओम सेन्टल र उनको सहयोगी डा. टोमर हर्ट्ज र एञ्जल पोर्गडोरले तयार पारेका हुन। 

उनीहरूले यसलाई ‘सार्स–कोभिड–२’ परीक्षण नामाकरण गरेका छन। शोधका लागि ३ सय ८४ जनालाई ४८ समूहमा विभाजन गरिएको थियो।

प्रकाशित मिति: : 2020-08-24 11:59:24

प्रतिकृया दिनुहोस्