अर्नाको वंश वृद्धि गर्ने यस्तो छ योजना

हिमाल खबर

काठमाडौँ

मुकेश पोखरेल
वन्यजन्तुका प्रजाति एक स्थानमा मात्र रहँदा प्राकृतिक प्रकोप, रोग आदिका कारण वंश नै नाशिन सक्ने जोखिम हुन्छ। नेपालमा अर्ना अहिले मुख्य रूपमा कोशीटप्पु वन्यजन्तु आरक्षमा सीमित छ। अर्नाको संरक्षण गर्न वंश र वासस्थान अन्य स्थानमा समेत विस्तार गर्ने उद्देश्यले सरकारले काम शुरु गरेको छ। 

२०७३ सालमा कोशीटप्पुबाट चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएका अर्नाको संख्या वृद्धि भएपछि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले अर्ना संरक्षणको पाँचवर्षे कार्ययोजना बनाएर काम शुरु गरेको हो। कार्ययोजनामा अर्नाको स्थानान्तरण गरेर संख्या बढाउने, वासस्थान विस्तार गर्ने, घाँसे मैदान व्यवस्थापन गर्ने लगायत योजना छन्।

२०७३ सालमा चितवनमा कोशीटप्पुबाट १२ वटा र सदर चिडियाखाना जावलाखेलबाट तीन वटा अर्ना लगिएको थियो। त्यसमध्ये चिडियाखानाबाट लगिएका सबै अर्ना प्राकृतिक वातावरणमा अनुकूल हुन नसकेर मरे। यस्तै, एउटा बाघले मार्‍यो भने दुई वटाको २०७४ सालको बाढीमा मृत्यु भयो।
 

प्रकाशित मिति: : 2020-08-25 07:19:12

प्रतिकृया दिनुहोस्