के विश्वमा प्रजातान्त्रिक व्यवस्था खतरामा पर्न लागेको हो?

संजोग आचार्य

न्युयोर्क (अमेरिका)

केही समयअघि सार्वजनिक एउटा रिपोर्टले प्रजातन्त्रिक व्यवस्थालाई समर्थन गर्ने हामी जस्ता मानिसहरूलाई झस्काएको छ। 

हालै सार्वजनिक ‘वल्र्ड भ्याल्युज र युरोपेली भ्याल्युज सर्वे’ को रिपोर्ट अनुसार २५ वर्षयता विश्वभरि प्रजातन्त्रिक व्यवस्थाको अवस्था कमजोर भएको छ। 

रिपोर्टमा निरकुंश शाषन व्यवस्था र तानाशाहीको समर्थन गर्ने मानिसको संख्या बढेको उल्लेख छ। नेपाललगायत अन्य पश्चिमा देशले प्रजातन्त्रलाई अत्याधिक समर्थन गर्छन। तर, विश्वका ९८ देशमा गरिएको सर्वेक्षणको रिपोर्टमा हामीले सोचे जस्तो अवस्था देखिदैन। 

सर्वेक्षणमा ४५ प्रतिशत मानिसले प्रजातन्त्रिक व्यवस्थाको वकालत गरेका छन्। तर, दुःखको कुरा २५ प्रतिशत व्यक्तिले सैन्य शाषनको समर्थन गरेका छन्। १० प्रतिशत व्यक्ति भने प्रजातान्त्रिक व्यवस्थाले देशमा कुनै विकास नहुने मान्यता राख्छन्।  

सर्वेक्षणमा प्रजातान्त्रिक व्यवस्था मन पराउने मानिसको संख्या अत्याधिक छ। तर, सैन्य शाषन र अन्य विकल्पमा मानिसको रुचि बढ्नु भनेको हामी जस्ता प्रजातन्त्र प्रेमी मानिसका लागि दूर्भाग्यको विषय हो। 

सर्वेक्षणमा सबैभन्दा आश्चर्यमा पार्ने रिपोर्ट अमेरिकाको छ। विश्वको सबैभन्दा ठूलो र प्रभावशाली प्रजातान्त्रिक देश मानिएको अमेरिकामा सैन्य शाषनको समर्थन बढ्दो छ। सन् १९९८ यता अमेरिकामा सैन्य शाषनको समर्थन गर्ने मानिसको संख्या तीनदेखि पाँच गुणाले बढेको छ। 

यसरी सैन्य शाषनको समर्थन बढ्ने देशमा बंग्लादेश र फिलिपिन्सको नाम पनि अगाडी छ। 

तर, यसमा अर्को रोचक पक्ष भनेको सद्दाम हुसेनको तानाशाही भोगेको इराकको छ। यस देशमा प्रजातन्त्रको माग गर्नेको संख्या बढेको देखिन्छ। इराकमा १० मध्ये ४ जना प्रजातान्त्रिक परिपाटीको समर्थन गर्छन। 

यस्तै, भ्लादिमिर पुटिनले विगत २० वर्षदेखि शाषन गरिरहेको रुसका जनता पनि प्रजातन्त्रमा विश्वास गर्छन। यहाँ पनि प्रजातन्त्रिक व्यवस्थालाई नराम्रो भन्ने मानिसको संख्या दुई गुणाले घटेको छ। 

तानाशाहीको सबैभन्दा बढी समर्थन गर्ने देशमा छिमेकी मेक्सिको छ। यहाँ तानाशाही व्यवस्थाको माग गर्नेहरूको संख्या ३९ प्रतिशतबाट बढेर ७० पुगेको रिपोर्टमा उल्लेख छ। यस्तै, न्युजिल्याण्डमा यो संख्या २ प्रतिशतबाट बढेर १५ प्रतिशत पुगेको छ। 

अमेरिकामा सैन्य शाषन रुचाउने मानिस ६ प्रतिशतबाट बढेर २० पुगेका छन्। यस्तै, बंग्लादेशमा ८ बाट ३८ प्रतिशत तथा फिलिपिन्समा ५२ बाट बढेर ६२ प्रतिशत पुगेको छ। 

रुसमा भने लोकतान्त्रिक व्यवस्था माग गर्ने जनताको संख्या १९ बाट बढेर ३५ प्रतिशत पुगेको छ। दक्षिण कोरियामा यसको समर्थन गर्नेको संख्या १७ बाट ३५ तथा इराकमा शुन्यबाट ४० प्रतिशत पुगेको छ।

प्रकाशित मिति: : 2020-08-27 07:35:50

प्रतिकृया दिनुहोस्