जेफ बेजोस २०० अर्ब डलर कमाउने पहिलो व्यक्ति

अमेजनका संस्थापक तथा कार्यकारी निर्देशक जेफ बेजोसको सम्पत्ति २ सय अर्ब डलर पुगेको छ। 

‘ब्लूमबर्ग बिलिनियर इन्डेक्स’ का अनुसार बेजोसको सम्पत्ति गत बुधबार २ सय अर्ब डलर पुगेको हो। उनी विश्वमा यति धेरै पैसा भएका पहिलो व्यक्ति हुन्। 

टेस्ला इंकको सेयर बढेपछि एलन मस्कको सम्पत्ति पनि १ सय १ अर्ब डलर पुगेको छ। फेसबुकका संस्थापक मार्क जुकरबर्गको पनि कूल सम्पत्ति यही महिना १ सय अर्ब डलर पुगेको थियो। 

कोरोना संक्रमणको कारण प्रायः सबै देशको कूल आय ऋणात्मक भइरहेको बेला विश्वका ५ सय ठूला व्यापारीको आम्दानी भने १४ प्रतिशतले बढेको छ।

यस वर्ष ५ सयय धनि व्यक्तिको सम्पत्ति ८ सय ९ अर्ब डलरले बढेको छ। बेजोसको मात्र यस वर्ष कूल सम्पत्ति ८७ दशमलव १ अर्ब डलर बढेको छ। यस्तै, मस्कको ७३ दशमलव ६ अर्ब डलर बढेको छ। 

यद्धपि बेजोसको सम्पत्ति २ सय अर्ब डलर पुगेको छ तर कुनै बेला उनीसँग खल्तीमा पैसा पनि हुँदैन्थ्यो। उनी ४ वर्षको हुँदा बुवाको निधन भएको थियो। 

आमाले दोस्रो बिहे गरेपछि उनको पालनपोषण हजुरबुवाले गरेका थिए। केटाकेटीदेखि नै पढाईमा अब्बल रहेका बेजोस सानोमा घरमा भएको सबै कुरा खोलेर हेर्थे र त्यसलाई जस्ताको त्यस्तै जोडेर राख्थे। 

बेजोसको पुरा नाम जेफ प्रेस्टन बेजोस हो। उनको जन्म १२ जनवरी १९६४ मा भएको थियो। बेजोसले १९८६ मा प्रिन्सटन विश्वविधालयबाट स्नातक गरेका थिए। यसपछि उनी कम्प्युटर साइन्सको अध्ययनमा लागे।

उनले पहिले फिटेल नामको कम्पनीमा नेटवर्क बनाउने काम गरे। सन् १९९४ मा उनले अमेजन कम्पनीको स्थापना गरेका थिए। 

एक अन्तर्वार्तामा बेजोसले भनेका थिए उनलाई सकारात्मक सोच राख्ने मानिस खुब मनपर्छ। सकारात्मक सोच राख्ने मानिसले मात्र कम्पनीलाई अगाडि बढाउन सक्ने उनको भनाई छ। यसैले उनी आफ्नो कम्पनीमा यस्तै मानिसलाई जागिर दिने गर्छन। 

उनी चुनौति स्विकार गर्ने कर्मचारी खुब रुचाउँछन्।

प्रकाशित मिति: : 2020-08-28 08:49:04

प्रतिकृया दिनुहोस्