पुजारी हत्याको विरोधमा प्रदर्शन उत्रिएका राप्रपाका १२ विद्यार्थी प्रक्राउ

रौतहट हनुमान मन्दिरका पुजारी हत्याको विरोधमा उत्रिएका राप्रपा सम्बद्ध राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन १२ विद्यार्थी नेता कार्यकर्ताहरूलाई पक्राउ पक्राउ परेका छन्।

घटनाको सत्यतथ्य छनबिनसहित हत्यारालाई कडा कार्बाहिको माग गर्दै प्रदर्शन गरेपछि संगठनका केन्द्रिय अध्यक्ष महेश सिंह लगायत १२ विद्यार्थी नेता कार्यकर्तालाई पक्राउ गरेकाे हाे।

उनीहरुलाई दरबारमार्ग प्रहरी चौकीमा राखिएको हाे।

प्रदर्शनमा घटनाको सत्यतथ्य छानबिन गर, हत्यारालाई कार्बाही गर, हिन्दुत्वमाथिको प्रहार बन्द गर, धर्म निरपेक्षता खारेज गर जस्ता नारा लगाइएको थियो। 

राप्रपा नेता राजाराम बर्तौलाले पक्राउ परेका आफ्ना विद्यार्थी नेता कार्यकर्तालाई तत्काल रिहा गर्न माग गरेका छन्।

प्रकाशित मिति: : 2020-08-28 14:01:45

प्रतिकृया दिनुहोस्