अंकुरम एकेडेमी चितवनमा

रासस

चितवन

अन्तराष्ट्रिय स्तरमा प्रतिस्पर्धी शिक्षाको अभावमा यहाँका कतिपय अभिभावकले राजधानी काठमाडौँ र विदेशमा समेत आफ्ना छोराछोरीलाई अध्ययन गर्न पठाएका छन् ।  जिल्लामा रहेका सरकारी र निजी स्वस्थ्य संस्था, बहुराष्ट्रिय कम्पनी, दातृ निकाय लगायतका सङ्घ संस्थामा कार्यरत र राम्रो आम्दानी गर्ने अभिभावक  गतिलो स्कूल नभएको जनाउँदै आफ्ना छोराछोरी पढाउन हिचकिचावट गर्दछन् । 

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल खुल्दै गर्दा चिकित्सक आउन नमाने पछि बुढानिलकण्ठ स्कुलको शाखा यहाँ सञ्चालन गर्न प्रयास समेत गरिएको थियो । पछि यस कार्य सफल नभएको बताइएको छ । तत्कालीन समयमा अस्पतालले आफ्नै जग्गामा भवन समेत बनाइ दिने प्रस्ताव गरेको थियो । यहाँका अभिभावकको चाहना पुरा गर्नका लागि भरतपुर महानगरपालिका ७ तेह्रसालचोकमा अत्याधुनिक सुविधासहितको नयाँ शैक्षिक संस्था सञ्चालनमा आएको छ । 

अंकुरम एकेडेमी’ नाम दिइएको उक्त विद्यालयले कक्षा ११ सम्मका छात्र÷छात्रालाई सैद्धान्तिक तथा व्यावहारिक ज्ञानलाई विशेष प्राथमिकता दिने उद्देश्यका साथ सञ्चालनमा ल्याएको जनाएको छ । शैक्षिक केन्द्रको रूपमा विकास भइरहेको यस जिल्लामा नयाँ सोच र शैलीमा विद्यालय सञ्चालन गरिएको विद्यालयका अध्यक्ष आनन्दबहादुर चन्दले जानकारी दिए ।  

जिल्लाको शैक्षिक स्तरलाई विश्वव्यापीरूपमा चिनाउन बालबालिकालाई अन्तरराष्ट्रियस्तरको गुणस्तरीय शिक्षा दिने उद्देश्यले विद्यालय सञ्चालन गरिएको उहाँको भनाई छ । छात्र/छात्रालाई गृहकार्य वाहेकका कुनै  पाठ्यपुस्तक घर लैजान नपर्ने गरी शिक्षा प्रदान गर्ने लक्ष्यसहित विद्यालय सञ्चालनमा ल्याइएको जनाइएको छ । 

अङग्रेजी विषयमा बढी जोड दिने गरी अध्यापन गराउने योजनासहित सञ्चालनमा आएको विद्यालयमा नेपालसहित भारतका विषयविज्ञहरू मार्फत पठनपाठन गराइने छ । उनका अनुसार विद्यालयको छात्रवृत्ति तथा अन्य सुविधामा भने सरकारको मापदण्डलाई आधार मानेर सञ्चालन गरिने छ । विद्यालयमा भारतीय र नेपाली शिक्षकले प्रत्यक्ष पठनपाठन गराउने छन् । अध्यक्ष चन्दले भने, 'भिजिटिङ् र टे«निङ्का लागि सिंगापुर, अमेरीका र फिनल्याण्डका शिक्षक आउँछन् ।' विद्यालयको लर्निङ म्यानेजम्यान्ट सिंगापुर र युरोपका देशहरुको जस्तै हुने बताइएको  छ ।
 
रातो बंगला फाउण्डेसनसँग तालिम र क्षमता अभिवृद्धिमा तीन वर्षका लागि अनुवन्धन गरिएको उनले जानकारी दिए । पठनपाठनसंगै अन्य क्षेत्रमा पनि विद्यार्थीलाई उत्तीकै प्राथमिकता दिईने छ । यसका लगि आवश्यक सबै पूर्वाधारहरु रहने जनाइएको छ । बच्चाको सर्बाङ्गीण बिकासका लागि विद्यालयले पहिलो चरणमा उसको क्षमता पहिचान गर्ने छ । 

उनले भने, 'कुन बच्चाको के मा रुची छ र के मा छैन थाहा पाएर हामी सिकाईमा अघि वढ्छौ ।' बच्चा, अभिभावक र शिक्षकलाई त्रिकोणात्मक रुपमै विज्ञहरुबाट तालिम सहितको सिकाई विद्यालयले दिने छ । विद्यालयले कक्षा १ देखि ५ सम्म २४ जना, ६ देखि १० सम्म ३ जना र कक्षा ११ मा ४० जनाका दरले ३/३ सेक्सन मात्र पढाउने जनाएको छ । एक विगाह क्षेत्रफलमा फैलिएको विद्यालयमा ५ तले, ४ तले र ३ तले तीनवटा भवन छन् । वातावरण अनुकुलित कोठामा विद्यार्थी पढाइने छ । अन्तराष्ट्रिय स्तरको पढाइ भए पनि शुल्क भने महङ्गो नभएको विद्यालयले दावी गरेको छ । कक्षा १ देखि ११ सम्म अधिकतम मासिक शुल्क  खाना वाहेक ७ हजार ६ सय रहेको विद्यालयले जनाएको छ । 

प्रकाशित मिति: : 2020-08-28 14:30:47

प्रतिकृया दिनुहोस्