मेक्सिकोमा रोबोटबाट कोरोना संक्रमितको उपचार

एजेन्सी

मेक्सिको

हिजोआज कोरोना संक्रमित भर्ती हुने वित्तिकै अस्पतालको वातावरण नै बेग्लै हुने गरेको छ। संक्रमण भएका व्यक्तिको हकमा अस्पताल कर्मचारी मात्र होइन, चिकित्सक समेत टाढा बस्ने गरेका छन्। 

यस्तो अवस्थामा अस्पतालमा भर्ना हुने संक्रमितलाई दिन कटाउन निकै मुस्किल हुने गरेको छ। 

परिवारका सदस्यदेखि अन्य कर्मचारी पनि नजिक नआउने हुँदा उनीहरू एक्लै बस्नुपर्ने हुन्छ। यो तनावको स्थितिबाट बाहिर निस्किन मेक्सिकोको एउटा अस्पतालले नयाँ उपाय खोजि गरेको छ। त्यो हो रोबटको आविस्कार। 

रोबोटको नाम ला–लुची रोबोटिना राखिएको छ। यसको लम्बाई ४ फिट ६ इन्ची छ। यसको तल ब्हील राखिएको छ, जसको सहयोगले ला–लुची रोबोटिना कोरोना संक्रमितको नजिक पुग्छिन्।

ला–लुचीको अगाडि क्यामरा र डिस्प्ले स्क्रिन जडान गरिएको छ। जसको सहयोगले डाक्टरहरूले संक्रमितसँग कुरा गर्छन। 

यो रोबोट २० नोभेम्बरमा राष्ट्रिय मेडिकल सेन्टरमा जडान गरिएको थियो। अस्पतालका न्युरोसाइकोलोजिस्ट ल्युसिया लेडेसमका अनुसार रोबोटको उपस्थितिमा संक्रमितले कोठामा अरु मान्छे भएको पनि महसुस गर्छन। 

यो रोबोट कोरोना संक्रमण बिना कोभिड–१९ क्षेत्रमा प्रवेश गर्न सक्छ। रोबोटमा एउटा विशेष किसिमको संगीत बज्ने गर्छ, जसले संक्रमितलाई आनन्द दिन्छ। 

अस्पतालका विशेषले रोबोटले संक्रमितको मानसिक स्वास्थ्यलाई राम्रो बनाउन सहयोग पुग्ने बताएका छन्। साथै यसले अस्पतालका कर्मचारीलाई पनि तनावमुक्त गर्न सहयोग गर्छ। 

रोबोटमा कम्प्युटर भिजन र सेन्सर जडान गरिएको छ। जसका कारण यसले मानिसको पहिचान गर्छ। फेरि हिँडडुल गर्दा अन्य व्यक्ति तथा भित्तामा ठोकिदैन्। अस्पतालका कर्मचारीबाट केही जानकारी लिन चाहेको अवस्थामा डाक्टरहरुले रोबोटको सहयोग लिने गरेका छन्।

प्रकाशित मिति: : 2020-08-30 13:28:35

प्रतिकृया दिनुहोस्