छिमेकले हवाईयात्रा थालिसके, हामी पनि ढिलो गर्दैनौं

आयोमेल

काठमाडौँ

सुशील भट्टराई 

मुलुकको उड्‌डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्‌डयन प्राधिकरणलाई अहिले विशेष चटारो छ। कोरोना महामारीकै बीच सरकारले एक्कासि नियमित अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने घोषणा गरिदियो। भदौ १६ बाट सुचारु हुने घोषणापछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित उडान–अवतरणका लागि आवश्यक तयारीमा प्राधिकरण लागेको छ। यो कामलाई फत्ते गर्न प्राधिकरणका महानिर्देशक राजन पोखरेल आफैं कुदिरहेका छन्। पहिलो चरणमा अन्तर्राष्ट्रिय उडान सुचारु गर्ने भनिए पनि आन्तरिक उडानबारे भने सरकारले केही बोलेको छैन। यिनै सन्दर्भसँगै कोरोना महामारीले समग्र हवाई यातायात र उड्‌डयन क्षेत्रमा पारेको प्रभाव, उडान सुचारुका पूर्वतयारीलगायत विषयमा प्राधिकरणका महानिर्देशक राजन पोखरेलसँग आयोमेलका सुशील भट्टराईले गरेको कुराकानी:  

सकारले भदौ १६ गतेबाट अन्तर्राष्ट्रियतर्फ नियमित व्यापारिक उडान सुचारु गर्ने घोषणा गरेको छ। उड्‌डयन क्षेत्रको नियामक निकाय भएका नाताले यसमा तपाईंहरूको तयारी कस्तो छ?

हवाई उडान सुचारु गर्ने विषयमा हामी पहिलेदेखि नै तयार भएर बसेका छौं। अझ भदौ १ गतेबाटै उडान सुचारु गर्ने योजना थियो तर बीचमा कोरोना भाइरस संक्रमण झन् फैलिएपछि हामी रोकिएका हौं। जसले गर्दा निषेधाज्ञा गर्नुपर्ने अवस्था आयो। त्यसकारण उडान केही पछाडि लग्यौं। तर, पनि हामी दैनिक १५ देखि १८ वटासम्म चार्टर उडान गरिरहेका छौं। चार्टर उडानमा भाडा महँगो भयो भन्ने गुनासो आएपछि माननीय पर्यटन मन्त्रीज्यूले हस्तक्षेप गरी भाडा समायोजन गरिदिनुभयो। नेपाली वायुसेवाले सोहीबमोजिम उडाइरहेका थिए भने विदेशी वायुसेवालाई हस्तक्षेप गर्न नमिले पनि सहुलियत दरमै उडाइरहेका छन्। गुनासो त आइरहन्छ। 

प्रकाशित मिति: : 2020-08-30 15:03:09

प्रतिकृया दिनुहोस्