‘घुम्तीबाट एम्बुलेन्स खस्दा चिच्याएँ, त्यसपछिको केही थाहा छैन’

आयोमेल

पोखरा

अनुप पाैडेल

स्याङ्जा चापाकोटका भानुभक्त गैरे (कृष्ण) ले काठमाडौं सामाखुसीमा रेस्टुरेन्ट खोलेको सात महिना भयो। लकडाउन भएपछि व्यवसाय चौपट भयो। कोरोनाको महामारी सकिने र फेरि व्यवसाय सुरु गरौंला भन्ने थियो। बीचमा केही समय लकडाउन त खुल्यो तर फेरि काठमाडौंमा निषेधाज्ञा सुरु भयो।
 
त्यसपछि काठमाडौंमा कोठामै बसिराख्नुभन्दा उनले घरमै केही समय बिताएर फर्किने निधो गरे। गाउँकै एम्बुलेन्स शनिबार बिरामी लिएर काठमाडौं गयो। त्यसैमा सात महिनाकी गर्भवती श्रीमती पवित्रा पोखरेलसँगै उनी फर्किए। जिल्ला फर्किए तर घर पुग्नै पाएनन्। घर पुग्नु अगावै एम्बुलेन्स दुर्घटनामा परेर उनको मृत्यु भयो। 

गैरेसहित ४ जना सवार एम्बुलेन्स आइतबार बिहान साढे चार बजे वालिङ नगरपालिका ५ माजकोटमा दुर्घटनामा परेको हो। दुर्घटनामा चापाकोट १० का २५ वर्षे श्याम पंगेनीको पनि ज्यान गएको छ। चालक चापाकोट नगरपालिका वडा नम्बर ९ का ३१ वर्षे सुरेन्द्र भण्डारी र सोही वडाकी २८ वर्षीया गर्भवती पवित्रा पोखरेल घाइते भए। सुरेन्द्रको खुट्टामा र पवित्राको टाउकोमा चोट लागेको छ। 

प्रकाशित मिति: : 2020-08-31 08:23:29

प्रतिकृया दिनुहोस्