तिमीसँग गहिरो माया बस्यो जलजला

सचिन्द्र श्रेष्ठ

तस्बिर-लक्षमण लक्ष्य

गीतको भावले भनेजस्तो अत्यन्त मोहनी लगाउने जलजला, हुन त यो गीत र स्थान फरक हुँदाहुँदै पनि उक्त गीतले भने झै यो पर्वतको जलजला सतहदेखि ३ हजार मिटरको उचाइमा पहाडको टाकुरामा समथर क्षेत्र, खोला र सिमसार भएको जलजला पर्वत, कास्की र म्याग्दीको सीमा क्षेत्रमा पर्छ।

हिउँदमा हिमपात र वर्षातमा हरियालीसँगै वसन्तको अन्तिम समयसम्म पनि सेतो र रातो लालिगुराँसले शुसज्जित जलजलाको सिमसार क्षेत्रलाई कास्कीको नयाँपुल तिर बग्ने भागमा बाँध बाँधेर ताल बनाउने विषयमा सम्भाव्यता अध्ययन गरि तलाउ बनाउनुपर्ने माग आए पनि हालसम्म उचित ब्यबस्थापन नभएका कारण जलजलालाई थप आकर्षक पर्यटकीय गन्तब्य स्थल बनाउन सकिएको छैन।

अन्नपूर्ण धौलागिरी सामुदायिक पदमार्ग अन्तर्गत पर्ने जलजलामा पर्वतको लेकफाँट, शालीजा, लेसपार, म्याग्दीको नाङ्गी, घोडेपानी, मोहरेडाँडा र कास्कीको उल्लेरीहुँदै जलजला पुग्न सकिन्छ।

साथै कुस्मा बजारदेखि ७-८ घण्टाको उकालोमा धौलागिरी, अन्नपूर्ण, निलगिरी, गुर्जा, पुथा, माछापुच्छ्रे, मनास्लुलगायत १६ भन्दा बढी हिमाल, पर्वत, बागलुङ, म्याग्दी, कास्की, स्याङ्जा, गुल्मी, पाल्पा, गोरखा, तनहुँ, लमजुङ जिल्लाको अवलोकन गर्न र हेर्न सकिन्छ।

यो जलजलाको प्रचार प्रसार, अध्ययन अनुसन्धान र पूर्वाधारको कमीले पर्यटकीय गन्तब्य हुँदा पनि पछाडि छ तसर्थ समयमै यस तर्फ ध्यान दिए पर्यटन ब्यवसाय र पर्यटन प्रवर्धनमा ठूलो राहत हुनेथियो।

हेर्नुहोस् तस्बिरहरू

प्रकाशित मिति: : 2020-08-31 19:51:00

प्रतिकृया दिनुहोस्