हिमाल आरोहण गर्न बहराइनका राजकुमार नेपाल आउँदै

कोरोना महामारीका बेला बहराइनका राजकुमार हिमाल आरोहणका लागि नेपाल आउने भएका छन्।

मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले १५ सेप्टेम्बर २०२० पछि बहराइनका राजकुमारसहित १५ बहराइनी र तीन ब्रिटिश नागरिकलाई चार्टर फ्लाइटबाट नेपाल आउने अनुमति दिएको हो।

उनीहरुले लोबुचे र मनास्लु हिमाल आरोहण गर्नेछन् ।

उनीहरुले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वीकृत गरेको स्वास्थ्य सम्बन्धी मापदण्ड भने पालना गर्नुपर्ने सञ्चार तथा सूचना प्रविधिमन्त्री र अर्थमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-08-31 18:12:07

प्रतिकृया दिनुहोस्