भैरहवाका आचार्य गौतमको आह्वान : अर्कबटी खाऊँ कोरोना भगाऊँ !

यमलाल भुसाल

रुपन्देहीका आयुर्वेदिक जडीबुटीका अनुसन्धानकर्ता आचार्य बद्री गौतमले कोरोना संक्रमितलाई निको पार्ने आयुर्वेदिक औषधी आफूले तयार पारेको बताउनुभएको छ ।

‘मैले परीक्षण गरेर हेरिसकें, मैले तयार पारेको अर्कबटी नामक औषधी १ सय ५३ ले खाएका छन्, त्यसमध्ये १ सय ३८ ले पीसीआर परीक्षण गराए, आजसम्म १ सय ३७ को कोरोना भाइरस नेगेटिभ रिजल्ट आएको छ।’ –चिकित्सक गौतमले नेपाल समाचारपत्रलाई सोमबार बताउनुभयो ।

गुल्मी जिल्लाको वोलीवाङ हालको चन्दकोट–८ मा २०१९ सालमा जन्म भई विसं २०५० बाट रुपन्देही झर्नुभएका आयुर्वेद आचार्य डा. बद्री गौतम हाल भैरहवाको अन्नपूर्ण टोलमा बस्नुहुन्छ । डा. गौतमले आफू ८५ पुस्ताका रुपमा आयुर्वेदिक जडीबुटीको अनुसन्धानकर्ताको रुपमा काम गर्दै आएको बताउनुहुन्छ ।

उहाँले तयार गरेको आयुर्वेदिक औषधी कोरोना पोजेटिभ भएका बिरामीले खाएको ७ दिनमा कोरोना भाइरस मर्ने, ८ र ९औं दिनमा कोरोना भाइरसको लास निकाल्ने, १०औं दिनमा स्वाब लिने र ११औं दिनमा स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आउने दाबी गर्नुभयो ।

प्रकाशित मिति: : 2020-09-01 08:22:36

प्रतिकृया दिनुहोस्