मुख्यमन्त्री लालबाबु राउतले रौतहट घटनाका दोषीहरुलाई कडाभन्दा कडा सजाय दिलाउने प्रतिबद्धता गरेका छन्।
रौतहटको गरुडा र माधवनारायण नपामा पछिल्लो समयमा भएका घटनाको पीडित परिवारहरुसँगको मुख्यमन्त्री राउतले दोषी जो र जुन दर्जाको भएपनि सजाय भोग्नु पर्ने बताए।
गरुडा नपाको जिङ्गडियामा हत्या भएको राम परिवार सङ्गको भेट्मा उहाँले गरुडाघटना बारे सूक्ष्म छानबिन का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवको अध्यक्षता उच्च स्तरीय छानबिन समिति गठन भै सकेको र समितिको प्रतिबेदन को आधारमा दोषी लाई कडा भन्दा कडा कारबाही गरिने उल्लेख गरे।
मुख्यमन्त्री राउतले मृतकका परिवारलाई प्रदेश सरकारको तर्फबाट राहत उपलब्ध गराउने घोषणा समेत गरे।
उक्त अवसर मा आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र कुमार यादवले दोषी प्रहरीलाई निलम्बन गरेर कारबाही प्रक्रिया सुरु गरि सकेको उल्लेख गर्दै न्याय पाउनेमा बिस्वस्त रहन पीडित परिवारलाई आग्रह गरे।
यसैगरि माधव नारायण नपामा हत्या भएको पुजारी राम साहको हत्या स्थल परगेका मुख्यमन्त्री राउतले बाबाको हत्यामा संलग्न दोषीलाई कडा भन्दा कडा कारबाही गराउने प्रतिबद्धता ब्यक्त गरे।
साधु जस्तो ब्यक्ति लाई हत्या गर्ने लाई फासिको सजाय पनि कम हुने उल्लेख गर्दै मुख्यमन्त्री राउतले त्यस्ता अपरधि लाई ईश्वरले पनि माफ गर्न नसक्ने उल्लेख गरे।
कार्यक्रममा आन्तरिक मामिला मन्त्री यादवले प्रदेशमा शान्ति सुरक्षा कायम गर्न आफूहरु प्रतिबद्ध रहेको बताए।
उक्त अवसरमा भुमी व्यवस्था कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले अपराध लाई राजनिती करन नगर्न विपक्षीलाई चेतावनी समेत दिए।