अष्ट्रेलियन घरेलु क्रिकेट खेलिरहेका नेपाली खेलाडीलाई बिग ब्यास लिगमा सिफारिस

एजेन्सी

सिड्नी

पछिल्लो केही समय देखि अष्ट्रेलियन घरेलु क्रिकेट खेलिरहेका नेपाली खेलाडी सुनम गौतमलाई पूर्व अष्ट्रेलियन खेलाडी स्टुवार्ट म्याकगिलले बिग ब्यास लिगमा अनुबन्धका लागि विभिन्न क्लवमा सिफारिस गरेका छन । जसका कारण यतिबेला उनको चर्चा बढिरहेको छ ।

म्याकगिलले ट्विट गर्दै सुमनलाई बिग ब्यास लिगका क्लवले अनुबन्ध गर्नुपर्ने धारणा राखेका हुन । उनले ट्विटमा कुनैपनि बीबीएल क्लवले स्पिनरको खोजि गरिरहेका छन, जो विपक्षीमाथि हावी भएर खेल जिताउन सकोस, यस्तोमा उनीहरुले अरु नभई सुनमलाई टिममा लिनुपर्ने बताएका छन । त्यसमा उनले सुनमको ट्विटर ह्याण्डलपनि राखेका छन ।

अष्ट्रेलियाका लागि १० वर्ष खेलका म्याकगिलले सन् २००८ मा अन्तिम टेष्ट खेलेका थिए । लेग स्पिनर म्याकगिलको क्षमता भएपनि अर्का सुपर स्टार स्पिनर सेन वार्नको छायाँमा परेका थिए । वार्नका भन्दा म्याकगिलको स्ट्राइक रेट कम थियो । वार्नको ५७.४ स्ट्राइक रेट थियो भने म्याकगिलको ५४.० रहेको थियो ।

प्रकाशित मिति: : 2020-09-03 23:35:46

प्रतिकृया दिनुहोस्