पर्यावरण गिद्ध संरक्षणको नेपाली गाथा

हिमाल खबर

काठमाडौँ

करुण देवान 
चराहरूलाई प्रायः सुन्दर वा सुमधुर आवाजका लागि चिनिने गरिन्छ । तर गिद्ध भने अपवादमा पर्छ । 

पन्छीहरुमा गिद्ध मात्र यस्तो चरा हो जुन कतिपयलाई हिंस्रक र घिनलाग्दो लाग्दछ । सिनो र फोहोरको डङ्गुरमा देखिने यो चरालाई समाजमा फोहोरीका साथै अशुभ संकेतका रूपमा चित्रित गरिन्छ । गिद्ध यतिसम्म अपहेलित छ कि हामीमै आपसमा ‘गिद्धे’, ‘गिद्ध दृष्टि’, ‘गिद्ध संस्कृति’ जस्ता अपशब्द प्रचलनमा छन् । 

बजार र समीक्षकको नाम कमाएको चलचित्र लुट’ मा काठमाडौंमाथि संवाद नै छ– ‘गिद्धै गिद्धको शहर’ । 

नेपालमा गिद्ध

नेपालमा हाडफोर, सेतो, डंगर, सानो खैरो, खैरो, हिमाली, राज, सुन र लामो ठुँडे गरी ९ प्रजातिका गिद्ध पाइन्छ । ती गिद्धहरूमध्ये डंगर गिद्ध, सानो खैरो गिद्ध, सुन गिद्ध र लामो ठुँडे गिद्ध अति सङ्कटापन्न; सेतो गिद्ध सङ्कटापन्न, हिमाली र हाडफोर गिद्ध सङ्कटको नजिक र खैरो गिद्ध सामान्य अवस्थामा छन् । 
 

प्रकाशित मिति: : 2020-09-05 08:15:59

प्रतिकृया दिनुहोस्