हलिया मुक्तिका १२ वर्षपछि पनि सडक र जंगलकै बास

डडेल्धुरा- बाँधाश्रम तथा दासप्रथाको अवशेषको रूपमा रहेको हलिया प्रथाको अन्त्य गर्ने घोषाणा भएको आइतबार १२ वर्ष पूरा हुँदैछ। नेपाल सरकारले सहमति र प्रतिबद्धता गरे अनुरूप हलिया पुर्नस्थापनाको काम अपेक्षाकृत रुपमा सम्पन्न हुन नसकिरहेको अवस्थामा हलिया अधिकारकर्मीहरु १२औं हलिया मुक्ति दिवसलाई हलिया अधिकार प्राप्तीको संघर्षकै रूपमा नै मनाउन गइरहेका छन्। 

साहु महाजन र मालिकको हलो जोतेर घरपरिवार पाल्दै आएका हलियालाई उचित पुर्नस्थापना गर्न १२ वर्षपहिले सरकारले मुक्तिको घोषणा गरेको थियो। हलियालाई पुनःस्थापनाको घोषणा गरेको खोलो फर्कने समय बित्दा पनि हलियाका दिन फर्केका छैनन्। सरकारको चेत पनि फर्किएको छैन। भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले जिल्ला  हलिया पुनःस्थापना कार्यदलको सिफारिसका आधारमा केही हलियाले ‘क’ देखि ‘घ’ वर्गको परिचयपत्र दिएको छ। 

प्रकाशित मिति: : 2020-09-05 21:58:59

प्रतिकृया दिनुहोस्