बेलायतमा एक हजार बढी डाक्टर ‘हेल्थ सर्भिस’ छोड्न चाहन्छन्

कोरोना महामारीविरूद्ध सशक्त रूपमा नउत्रिएको भन्दै बेलायतमा एक हजारभन्दा बढी डाक्टर राष्ट्रिय स्वास्थ्य सेवा (एनएचएस) बाट अवकास लिने मनस्थितिमा पुगेका छन्। 

भर्खरै सार्वजनिक सर्वेक्षणको रिपोर्टअनुसार डाक्टरहरू कि अर्को देश नभए निजी अस्पतालमा काम गर्न चाहन्छन्। 

बेलायतको डाक्टरहरूको संस्थाका अध्यक्ष डा समान्था बट–रोडेनले भनेका छन्, ‘यो महामारीले एनएचएस डाक्टर सबैभन्दा बढी प्रभावित भएका छन्।’ 

सर्वेक्षणको रिपोर्टमा केही डाक्टरले तीन वर्षभित्र एनएचएसको जागिर छोड्ने बताएका छन्। उनीहरूले कोरोना महामारीमा आफूहरूले ज्यान हतकेलामा राखेर काम गरेको तर सरकारको व्यवहार ठिक नभएको बताएका छन्। 

अनलाइनबाट गरिएको सर्वेमा १७ सय ५८ डाक्टर समावेश छन्। एनएचएसबाट अवकास लिने प्रश्नमा १० मध्ये ७ जना अर्थात ६९ प्रतिशत सहमत देखिएका छन्।
 

प्रकाशित मिति: : 2020-09-06 14:00:12

प्रतिकृया दिनुहोस्