बजारमा प्रयोग भइरहेका ४५ प्रतिशत स्यानिटाइजर प्रभावहीन, जीवाणु मार्ने क्षमता कमजोर

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानले गरेको एक अनुसन्धानले बजारमा प्रयोग भइरहेका २२ वटा ब्रान्डका स्यानिटाइजरमध्ये ४५ प्रतिशत प्रभावकारी नभएको देखाएको छ। 

नाष्टका दुई जना माइक्रोबायोलोजिष्टद्धय डा. टीष्टा प्रसाईं र समिक्षा कंडेलको टोलीले एक महीना लगाएर गरेको अनुसन्धानले नमूना लिएका ४५ प्रतिशत स्यानिटाइजरमा दुई वटा जिवाणु मार्न सक्ने क्षमता नभएको देखिएको हो।

अनुसन्धानकर्ताहरूले गएको असार महीनामा बजारबाट नेपाली र विदेशी गरी कुल २२ ब्रान्डका ह्यान्ड स्यानिटाइजरमाथि अनुसन्धान थालेका थिए। उक्त अनुसन्धानबाट उनीहरुले २२ वटा ब्रान्डका स्यानिटाइजरमध्ये ४५ प्रतिशतमा दुई हानिकारक जिवाणु (ब्याक्टेरिया) लाई असर गर्ने क्षमता नभएको पत्ता लगाएका हुन्।

प्रकाशित मिति: : 2020-09-06 23:39:04

प्रतिकृया दिनुहोस्