३१ हजार नर्स चाहिन्छ, ४० हजार बेरोजगार छन्, सरकार १० हजारले काम चलाउँदै

आयोमेल

काठमाडौँ

पुष्पराज चाैलागाईं

विश्वव्यापी कोरोना भाइरस संक्रमणले देश थलिइरहेको छ। संक्रमणसँग प्रत्यक्ष जोडिएको एउटा मुख्य जनशक्त्ति हो, स्वास्थ्य। 

र, त्यसमा पनि बिरामीसँग अझ बढी गाँसिने भनेका नर्स हुन्। 

तर, देशका सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमै नर्स अभाव चुलिएको छ। 

सरकारले २७ वर्षअघिको नर्सिङ दरबन्दी अझै फेर्न सकेको छैन। २०५० सालमा सरकारले कायम गरेको दरबन्दीअनुसार १४ हजार ९ सय नर्स हुनुपर्ने हो। 

२७ वर्षअघिको यो दरबन्दीअनुसार ४ हजार ३ सय ६४ नर्स अझै अपुग छन्। अर्थात्, अहिले सरकारी अस्पताल तथा स्वास्थ्य केन्द्रमा १० हजार ५ सय ३६ मात्रै नर्स छन्। 

बिरामीको भार थाम्नुपर्ने मापदण्डअनुसार अहिले देशभर करिब १७ हजार नयाँ नर्स चाहिन्छ। सरकारी आँकलनअनुसार नै भन्ने हो भने २७ वर्ष पुरानो त्यो दरबन्दीमा करिब १६ हजार थपेर ३१ हजार नर्स भए केही हदसम्म बिरामीको भार थेग्न सजिलो हुनेछ। 

महामारीको यो समयमा झन् देशभरका स्वास्थ्यकर्मी धमाधम संक्रमित भइरहेका छन्। तीमध्ये ३ सयहाराहारी नर्स संक्रमित भइसकेका छन्। 
नेपाल नर्सिङ संघका अनुसार देशभर ४० हजारभन्दा बढी नर्स बेरोजगार छन्। 

सरकारको स्वास्थ्यसंस्था सञ्चालन तथा स्तरोन्नति मापदण्ड निर्देशिकामा स्पष्ट रूपमा बिरामीको अवस्थाअनुसार नर्स–बिरामी अनुपात तोकिएको छ। 

प्रकाशित मिति: : 2020-09-07 21:40:37

प्रतिकृया दिनुहोस्