घट्यो सुनको भाउ, तोलाको ९५ हजार ८ सय

नेपाली बजारमा आज (मंगलबार) सुनको भाउ केही घटेको छ ।

आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले घटेर ९५ हजार आठ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जानकारी दिएको छ ।

हिजो तोलामा सुन ९६ हजार एक सय रुपैयाँ थियो । यस्तै चाँदी पनि तोलामा १० रुपैयाँले घटेर १३ सय २० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

प्रकाशित मिति: : 2020-09-08 13:52:20

प्रतिकृया दिनुहोस्