माेरङ हिरासतमा रहेका थुनुवालाई कोरोना संक्रमण पुष्टि

जिल्ला प्रहरी कार्यालय मोरङमा थुनुवा रहेका एक ब्यक्तिमा कोरोना भाइरस पुष्टि भएको छ।

विराटनगरस्थित कार्यालयमा पहिलोपटक थुनुवामा संक्रमण पुष्टि भएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक सन्तोष खड्काले जानकारी दिए।

‘बलात्कारको आरोपमा पक्राउ गरेर अनुसन्धान सुरु गरिएका थुनुवामा संक्रमण पुष्टि भएको हो,’ उनले भने, ‘अन्य थुनुवामा रहेकालाई संक्रमण नफैलिओस भनेर हिरासतमा उच्च सर्तकता अपनाइएको छ।’

सोमबार साँझ संक्रमण पुष्टि भएका उनी सुनवर्षी नगरपालिका ४ का २६ वर्षीय पुरुष हुन्।

जबरजस्ती करणी मुद्धाको अनुसन्धानका क्रममा उनी पक्राउ परेका हुन्। प्रहरीले पक्राउ गरेसँगै भदौ २० गते शनिबार पिसिआर परिक्षणका स्बाब नमूना संकलन गरेको थियो।

कोरोना पुष्टि भएसँगै थुनुवालाई प्रहरी निगरानीमा विराटनगरको मारवाडी सेवा सदनको आइसोलेसनमा राखिएको उपरीक्षक खड्काले बताए।

उनका अनुसार हाल कार्यालयमा रहेका २६ जना थुनुवामा २५ जनाको रिपोर्ट भने नेगेटिभ आएको छ।

प्रकाशित मिति: : 2020-09-08 16:19:44

प्रतिकृया दिनुहोस्