भारत–चीन सीमामा ४५ वर्षपछि ‘फायरिङ’, स्थिति तनावग्रस्त बन्दै

भारत–चीन सीमामा ४५ वर्षपछि गोली चलेको छ। दुई देशबीच बढ्दो तनावका कारण यतिबेला पूर्वी लद्दाखको पेङ्गोङ ताल वरिपरिको सीमा क्षेत्रमा सेनाको उपस्थिति बाक्लो भएको छ। 

भारतले जहाँ चिनियाँ सेनाले धोका दिएर ‘फायरिङ’ सुरु गरेको आरोप लगाएको छ, चीन सरकारले भने भारतीय सेना जबरजस्ती आफ्नो सीमा क्षेत्रमा प्रवेश गर्न खोजेको आरोप लगाएको छ। 

भारत–चीनबीच २० अक्टुबर सन् १९७५ मा अरुणाचल प्रदेशको तुलुङ ला क्षेत्रमा ‘फायरिङ’ भएयता सीमा रेखामा अहिलेसम्म ‘फायरिङ’ भएको थिएन। त्यतिबेला एम्बुसमा परेर असम राइफलका ४ जवानको निधन भएको थियो। 

गत जुनमा गलवान क्षेत्रमा भएको झड्पमा भारतका २० जवानको मृत्यु भएको थियो। तर, यतिबेला ‘फायरिङ’ को सट्टा रड प्रयोग भएको थियो। 
गत सोमबार भएको ‘फायरिङ’ को घटना कहाँबाट सुरु भयो, यसको पुष्टी अझैं भएको छैन। तर, भारतीय सेनाले आफ्नो चेक पोस्ट नजिकै चिनियाँ सेना आइपुगेपछि यो घटना भएको बताएको छ।  

Chinese border defense troops were forced to take countermeasures to stabilize the situation after the #Indian troops outrageously fired warning shots to PLA border patrol soldiers who were about to negotiate, said the spokesperson. https://t.co/wwZPA6BMDA

— Global Times (@globaltimesnews) September 7, 2020

रेचन ला क्षेत्रमा चिनियाँ सेना प्रवेश गरेपछि विवाद उत्पन्न भएको भारतीय मिडियाले बताएको छ। सेनाको श्रोतलाई उद्धित गर्दै भारतीय मिडियाले जनाएअनुसार यो क्षेत्रमा दुबै सेनाबीच लामो समय ‘फायरिङ’ भएको थियो।  गत जुनमा २० भारतीय जवानलाई चिनियाँ सीमा नजिकै गुमाएपछि भारतीय सेना अहिले आक्रामक भएको पनि उल्लेख छ। 

तर, भारतको आरोप चीनले अस्विकार गरेको छ। चिनियाँ सेनाका वेस्टर्न थियेटर कमाण्डका प्रवक्ताले भारतीय सैनिक ७ सेप्टेम्बरमा पेङ्गोङ लेकको दक्षिणी क्षेत्रमा रहेको ‘लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)’बाट अझैं भित्र चिनियाँ क्षेत्रमा प्रवेश गर्न खोजेको आरोप लगाएका छन्।

उनले भारतीय सेनाले सुरुमा हवाई फायर गरेको आरोप पनि लगाए। पूर्वी लद्दाखको सीमा क्षेत्रमा भारत–चीनबीच विवाद बढ्दा दक्षिण एसियाका अन्य देशमा पनि तनाव बढेको छ।

प्रकाशित मिति: : 2020-09-08 22:19:00

प्रतिकृया दिनुहोस्