१०८ वर्षीया वृद्धाले नौ दिनमै जितिन् कोरोना

एजेन्सी

मुम्बई

कोरोना भाइरसको महामारी अहिले सारा विश्वमा नै व्याप्त छ। यसैबीच एक १०८ वर्षीया वृद्धाले मात्र नौ दिनमै कोरोना जितेकी छन्।

भारतको अजामगढकी उक्त वृद्धाले आफ्नो आत्मबलले कोरोनालाई हराएको बताएकी छन्।

मात्रै नौ दिनमा कोरोनालाई हराएपछि उनी अहिले घर गएको भारतीय सञ्चारमाध्यमहरुले बताएका छन्। उनी ३१ अगस्टमा खोकी र ज्वरो आएपछि अस्पताल भर्ना भएकी थिइन्।

पछि कोरोना टेस्ट गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको थियो। ९ सेप्टेम्बरमा उनी निको भएकी हुन्।

प्रकाशित मिति: : 2020-09-10 11:32:42

प्रतिकृया दिनुहोस्