जेन्दालको ‘हेयर स्टाइल’ लाई पाँच घण्टामै १० लाख लाइक

एजेन्सी

वासिङ्टन

‘युफोरिया’ कि नायिका जेन्दायाले आफ्नो कपालको फोटो पोस्ट गरेको पाँच घण्टामा उनको इन्स्टाग्राममा १० लाखभन्दा बढी मानिसले लाइक गरेका छन्। 

यो आफैमा कीर्तिमान मानिएको छ। ‘युफोरिया’ नायिकाले फोटोमा क्याप्सन पनि राखेकी छैनन। उनले खाली बाटेको कपाल पोस्ट गरेकी थिइन्। 

तर, उनका फलोअर्स यो फोटोप्रति पागल भएका छन्। इन्टरनेशनल बिजनेश टाइम्सका अनुसार उनको फोटो केही घण्टामै ट्रेन्ड भएको छ। 

हाल उनको फोटोलाई लाइक गर्ने १७ लाख पुगिसकेको छ भने २ लाख ५० हजार त रिट्वीट भएका छन्। 

यसअघि सबैभन्दा बढी लाइक र ट्वीट भएको समाचार चान्डविक बोसमनको आधिकारीक अकाउन्टमा पोस्ट भएको उनको निधनको खबर थियो। अहिले यसको लाइक ७७ लाख छ। 

जेन्दायाको अहिलेको फोटो मात्र चर्चित भएको होइन। उनले कपाललाई अर्के बनाएको तथा उनको निजी जीवनको विषय पनि चर्चामा रहँदै आएको छ।
 

प्रकाशित मिति: : 2020-09-10 14:50:24

प्रतिकृया दिनुहोस्