झापामा ५ रेक्टर स्केलको भूकम्प

झापाको बाहुनाँगीस्थित नेपाल–भारत सीमा क्षेत्रलाई केन्द्रविन्दु बनाएर शुक्रबार बिहान भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका प्रमुख लोकविजय अधिकारीका अनुसार  साढे ९ बजे ५ रेक्टर स्केलको भूकम्प गएको हो।

भूकम्पको धक्का झापासहित इलाम, पाँचथर लगायतका जिल्लामा महसुस गरिएको छ। 

यसअघि २४ गते धादिङ र १९ गते संखुवासभालाई केन्द्रविन्दु बनाएर ४ रेक्टर स्केलको भूकम्प गएको थियो।

प्रकाशित मिति: : 2020-09-11 11:46:00

प्रतिकृया दिनुहोस्