कैलालीमा एक युवकले गरे प्रहरी हिरासतमै आत्महत्या

जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा एक युवकले आत्महत्या गरेका छन्। 

चोरीको अभियोगमा प्रहरी हिरासतमा रहेका धनगढी उपमहानगरपालिका १ का १९ वर्षीया रोशन बिकले शौलायमा झुण्डीएर आत्महत्या गरेका हुन्।  

प्रहरीले उनलाई गत भदौ २४ गते चोरीको अभियोगमा पक्राउ गरेको थियो। अस्पतालमा झुण्डीएको अवस्थामा फेला परेका बिकलाई प्रहरीले 
अपस्पताल पुर्याउनसाथ मृत्त घोषणा गरिएको थियो। 

बिकको पोष्टम्याटम को प्रक्रिया भइरहेको र घटनाको बारेमा अहिले केही नखुलेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

प्रकाशित मिति: : 2020-09-11 12:49:54

प्रतिकृया दिनुहोस्