चन्द्रशमशेरकी कान्छी रानी काशी गइन्

हिमाल खबर

काठमाडौँ

रुपा जोशी 
आनन्द हुन्थ्यो काशीमा
हरेक जाडोमा काशी गइन्थ्यो, बुवा मुवासित। अनि मीनपचास छल्दै एक÷दुई महीना बसिन्थ्यो।  त्यहाँ गएपछि आनन्द। सबै छोराछोरी, ज्वाइँहरू, काम गर्ने, डोलेसोले सब जान्थ्यौं। सब जना बुलानालाको घरमा अट्थ्यौं। बनारसमा सबै गुरुज्यूहरूको भिन्दा भिन्दै घर थियो।

बुलानालामा मुख्य गुरुज्यूको थियो, बाजेको पालादेखि नै। पछि त भाइहरूले बेचे। घरमा शौचालय पनि थियो। गुलाफी ढुंगाले बनेको थियो। गर्मी हुन्छ भनेर तलपट्टि भुइँतलामा पनि सब मिलाएको थियो। गर्मीमा जाँदा त फेरि भयंकर गर्मी हुन्थ्यो नि। अनि त्यहीं तल बस्थ्यौं। सित्तल हुन्थ्यो। लू लागेपछि बाहिर नजाने, बेलुका सित्तल भएपछि मात्र जान्थ्यौं। 
 

प्रकाशित मिति: : 2020-09-12 08:00:14

प्रतिकृया दिनुहोस्