विराटनगरमा कोरोना संक्रमणबाट थप एक वृद्धकाे मृत्यु

संक्रमितको मृत्यु भएको विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्र। फाइल तस्वीर

विराटनगरमा कोरोना संक्रमणबाट थप एक व्यक्तिको मृत्यु भएको छ। 

विराटनगरस्थित कोशी अस्पताल कोभिड १९ उपचार केन्द्रमा शनिबार दिउँसो  उपचाररत विराटनगर ८ का ६९ वर्षीय पुरुषको मृत्यु भएको हो।

उनलाई भदौ २२ मा कोरोना संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले बताए। 

उनका अनुसार शनिबार दिउँसो साढे १२ बजे ती पुरुषको उपचारका क्रममा मृत्यु भएको हो। 

मृतक पुरुषमा सुगर र प्रेसरको समस्या समेत रहेको बस्नेतले जानकारी दिए। 

योसँगै विराटनगरमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनको संख्या १७ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-12 14:19:01

प्रतिकृया दिनुहोस्