समाचार जग्गाधनी पुर्जाविहीन धनार्जी गाउँको कथा

विकाश पराजुली

गुल्मी सदरमुकाम तम्घासबाट २० किलोमिटर पश्चिम छ, धुर्कोट गाउँपालिका- ५ को धनार्जी गाउँ । त्यहाँ करिब ३० परिवार बस्दै आएका छन् । तम्घास-सिमलटारी-प्युठान सडकखण्डमा पर्ने धनार्जी गाउँमा बस्ने सबै जग्गाधनी पुर्जाविहीन छन् ।

विद्यालयको जग्गा खरिद गरेर चार दशकभन्दा बढी समय बसेका उनीहरूले जग्गाधनी पुर्जा नपाउँदा धितो जमानी राखेर वित्तीय कारोबार गर्न सकेका छैनन् भने राज्यको नीति परिवर्तन भई घरबारविहीन नै हुनुपर्ने हो कि भन्ने त्रासमा छन् । ०३५ सालदेखि बस्दै आएका त्यहाँका नागरिक पुर्जा आउने आस मारेका त छैनन्, तर कहिलेसम्म आउँछ त्यो पत्तो पनि पाएका छैनन् ।

करिब चार दशकअघि विद्यालयको जग्गा खरिद गरेर उनीहरू किन पुर्जा पाउन सकेका छैनन्, एउटा सिंगो गाउँ नै जग्गाधनी पुर्जाविहीन कसरी भयो ?

प्रकाशित मिति: : 2020-09-13 13:43:21

प्रतिकृया दिनुहोस्