ओम्नीपछि स्वास्थ्यमा भित्रियो अर्को कम्पनी: आरडीटीका नाममा २३ करोड भुक्तानी, मापदण्ड विपरीत प्रयोगशालाको अनुमति 

हिमाल खबर

काठमाडौँ

रामु सापकोटा 
देशमा कोरोनाभाइरसको संक्रमण बढ्न थालेपछि सरकारले ललितपुरमा कार्यालय रहेको ओम्नी बिजनेस कर्पोरेट इन्टरनेशनल प्रालि (ओबीसीआई)लाई स्वास्थ्य सामग्री खरीद गर्ने ठेक्का दियो। स्वास्थ्य सेवा विभागले त्यसका लागि गएको २ चैत २०७६ मा ओबीसीआई प्रालिसँग एक करोड तीन लाख ३३ हजार अमेरिकी डलरभन्दा बढी मुल्यमा सम्झौता गर्‍यो। सम्झौता अनुसार पहिलो चरणमा करीब ६ लाख अमेरिकी डलर मूल्य बराबरका ७५ हजार थान ‘र्‍यापिड डायग्नोष्टिक किट (आरडीटी)’ खरीद गरिएको थियो।

तर गुणस्तर जाँच नभएका महँगा आरडीटी किट खरीद गरेको भन्दै उठेको विवादले सरकारमाथि नै प्रश्न उठेपछि विभागले ओबीसीआईसँगको सम्झौता रद्द गर्‍यो र सो कम्पनीलाई कालोसूचीमा राख्न सार्वजनिक खरीद अनुगमन कार्यालयलाई पत्र पठायो। 
 

प्रकाशित मिति: : 2020-09-13 13:50:56

प्रतिकृया दिनुहोस्