अमेरिकी एयरपोर्टहरूमा सोमबारदेखि अन्तर्राष्ट्रिय यात्रीहरूको कोरोनाभाइरस स्क्रीनिङ रोक्ने

तस्बिरः सिएनएन

अमेरिकाले हवाई यात्रुलाई सोमबार सेप्टेम्बर १४ देखि कोरोनाभाइरस स्क्रिनिङमा रोक लगाउने  भएको छ।  रोग नियन्त्रण तथा रोकथाम केन्द्र (सीडीसी)को घोषणा अनुसार भोलिदेखि विमानस्थलमा कोरोनाभाइरस स्कृनिङमा रोक लगाउने सिएनएनले जनाएको छ।

सीडीसीले संक्रमित यात्रुहरूको पहिचानको लागि 'सीमित प्रभावकारिता' को कारण स्क्रीनीङ नगर्ने बताएका हो। ‘हामीसँग अहिले कोभिड-१९ प्रसारणको राम्रो ज्ञान छ। जसले लक्ष्यणमा आधारित स्क्रीनिङको सीमित प्रभावकारितालाई जनाएको छ। किनभने कोभिड-१९ भएका व्यक्तिको स्क्रिनिङको समयमा कुनै लक्षण वा ज्वरो हुन सक्छ, वा केवल हल्का लक्षणहरू मात्रै देखाउँछ’,  समाचारमा भनिएको छ। सीडीसीले आफ्नो रणनीति बदल्दैछ र यात्रा सम्बन्धित रोग सार्ने जोखिम कम गर्न अन्य सार्वजनिक स्वास्थ्य उपायहरूलाई प्राथमिकता दिइरहेको पनि बताएको छ।

सीडीसीका प्रवक्ताले ६ लाख ७५ हजार  व्यक्तिको स्क्रिनिङ लिइएकोमा १५ जना भन्दा कम व्यक्ति कोभिड १९ को संक्रमण पहिचान भएको थियो।

यसको सट्टामा अमेरीकी सरकारको प्रयास यात्रीलाई उनीहरू यात्रा गर्नुअघि शिक्षा दिनेछ। सीडीसीले उनीहरुका ध्यान केन्द्रितलाई बढी प्रभावकारी बनाउने छन जसले व्यक्तिगत यात्रीलाई केन्द्रित हुनेछ जस्तै स्वास्थ्य शिक्षा, एयरपोर्टमा बिरामी प्रतिक्रिया, स्वैच्छिक इलेक्ट्रोनिक डाटा संकलन, सम्भावित परीक्षण, यातायातका कर्मचारीहरूका लागि प्रशिक्षणमा बृद्धि र अन्यमा पनि हुनेछ।

हाल सरकारले आन्तरिक एयरलाइन्स यात्रीहरूको कुनै स्क्रीनिङ लिइएको छैन। चीन, इरान, ब्राजिल र युरोपेली संघ लगायत मुठ्ठीभर देशहरूबाट अन्तर्राष्ट्रिय यात्रीहरूको लागि यात्रा प्रतिबन्धहरू अझै बाँकी नै छ, जबकि राज्य विभागले अमेरिकी यात्रीहरूलाई अगस्टको सुरुमै ‘यात्रा नगर्नुहोस्’ सल्लाहलाई हटाएको थियो।

प्रकाशित मिति: : 2020-09-13 15:58:52

प्रतिकृया दिनुहोस्