२४ दिनपछि हट्यो विराटनगरमा निषेधाज्ञा, सार्वजनिक यातायात बन्द, सिटी सफारीमा जोरविजोर प्रणाली

स्थानीय प्रशासनले २४ दिनपछि हट्यो विराटनगरमा लगाइएकाे निषेधाज्ञा हटाएको छ। भदौ ५ बाट सुरु भएको निषेधाज्ञा सोमबार बिहानबाट हटाएको हो।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी ध्रुर्वबहादुर खड्काले सरकारले गरेका कडाई सीमा र सतर्कता राखेर निषेधाज्ञा हटाएको बताए। 

समुदायस्तरमा संक्रमण देखिएको विराटनगरसहित मोरङमा भरी जिल्ला जिल्ला सुरक्षा समितिले ५ भदौबाट आंशिक र ११ भदौबाट निषेधाज्ञा जारी गरेको थियो।

 १६ र २२ भदौमा निषेधाज्ञा खुकुलो बनाउँदै थप गरिएको थियो। २२ भदौमा साझ ७ बजेसम्म बजार खुला गर्ने अनुमतिसहित निषेधाज्ञाको एकसाता थप गरेको थियो। 

सुरक्षा समितिले सरकारले तोकेको मापदण्ड पूरा गरेर बजार र पसल साँझ ७ बजेसम्म मात्रै सञ्चालन गर्न पाउने र औषधि पसलहरु नियमित सञ्चालन गर्न अनुरोध गरेको छ।

९ बजे रातिबाट बिहान ५ बजेसम्म हिँडडुलमा रोक लगाएको स्थानीय प्रशासनले अत्यावश्यक कामबाहेक १० वर्षसम्म र ६० वर्षभन्दा माथिको उमेर समूहकालाई कुनै पनि काममा घर बाहिर आवतजावतमा रोक लगाइएको छ। 

यस्तै सार्वजनिक यातायात बन्द गरेर सिटी सफारी जोरविजोर प्रणाली अनुसार यातायात मापदण्ड पालना गर्दै दुईजना मात्रै यात्रु राखेर सञ्चालन गर्न आग्रह गरेको छ।

होटल तथा रेस्टुरेन्टबाट होम डेलिभरीको सुविधा दिए पनि भेटघाट र भेला हुन रोक लगाइएको छ। 
 

प्रकाशित मिति: : 2020-09-14 18:18:38

प्रतिकृया दिनुहोस्